संगालोखबर


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आर्थिक सल्लाहकारमा डा. मोहन सुवेदीलाई नियुक्त गरेका छन् । आइतबार मुख्यमन्त्री कार्कीले उनलाई आर्थिक सल्लाहकारमा नियुक्त गरेका हुन् ।

महेन्द्र मोरङ क्याम्पस विराटनगरमा उपप्राध्यापकको रूपमा कार्यरत सुवेदीले नेपालमा धितो पत्र व्यवहार विषयमा विद्यावारिधि गरेका छन् । उनी यसअघि प्रदेश सरकारको राजश्व परामर्श समितिमा विज्ञको रूपमा सहभागी थिए ।

Advertisement

मुख्यमन्त्री कार्कीले यसअघि प्रमुख स्वकीय सचिवमा जीवन कार्की, प्रेस सल्लाहकारमा बिक्रम लुइँटेल र जनसम्पर्क सल्लाहकारमा रवि खनाललाई नियुक्त गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!