संगालोखबर


विराटनगर । मौसम फेरिने क्रमसँगै कोशी प्रदेशमा सोमबार र मंगलबार पानी पर्ने सम्भावना छ । कतिपय स्थानमा सोमबार बिहानैदेखि वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशसहित मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका कतिपय क्षेत्रमा वर्षा हुने अनुमान छ ।

नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

Advertisement

भोलि मंगलबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!