संगालोखबर

सुनसरी । सुनसरीबाट प्रहरीले स्रोत नखुलेको एक करोड एक लाख रुपैयाँ बरामद गरेको छ । उक्त रकम हुण्डीमा प्रयोग गरिएको अनुमान गरिएको छ । रकमसहित एकजना व्यक्तिलाई पक्राउ गरिएको छ ।

Advertisement

शनिबार राति पक्राउ गरिएकामा सुनसरीको हरिनगर गाउँपालिका–५ का ३७ वर्षीय इसा अन्सारी छन् । सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार उक्त रकम हुण्डी कारोबारमा प्रयोग भएको अनुमान छ ।

घुस्की नाकाबाट हरिनगरतर्फ आउँदै गरेको बा १६ च ७६१३ नम्बरको कारलाई शंका लागेर जाँच गर्दा बोरामा लुकाएको अवस्थामा उक्त रकम फेला परेको थियो । बरामद रकममा एक हजार दरको नोट नौ हजार सात सय थान र पाँच सय दरको आठ सय थान छ । बरामद नगद रकम, कार र चालकलाई अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइने प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!