संगालोखबर

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सोमबार प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ । त्यसका लागि आइतबार बसेको मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ ।

Advertisement

मन्त्रिपरिषद बैठकले नीति तथा कार्यक्रम पेश गर्न प्रदेश प्रमुख पर्शुराम खापुङलाई अनुरोध गर्ने निर्णय समेत गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अघिकारीले जानकारी दिए ।

उनका अनुसार प्रदेश प्रमुख खापुङ्गले सोमबार अपराह्न ४ः०० बजे बस्ने प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!