संगालोखबर

विराटनगर । सुनसरी, मोरङ र पाँचथरका छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउनसुगर र निषेधित औषधिसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुको साथबाट विभिन्न खालका लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

पाँचथरको फिदिम नगरपालिका–४ का २३ वर्षीय सरोज पदालुङ लिम्बुलाई ५० मिलिग्राम ब्राउनसुगर र फिदिम–१ का २३ वर्षीय दिलबहादुर राईलाई ८० मिलिग्राम ब्राउन सुगर एवं ४३ हजार ६ सय रुपैयाँ सहित नियन्त्रणमा लिइएको हो ।

यस्तै, सुनसरीको बराहक्षेत्र नगरपालिका–१ का ३६ वर्षीय रामचन्द्र खड्का र २२ वर्षीय सुजन परियारलाई इलाका प्रहरी कार्यालय चतराको टोलीले स्पाइसरेष्ट र ट्रामानिल समेत गरी ३ सय ७० ट्याब्लेट निषेधित औषधिसहित पक्राउ गरिएको छ ।

यसैगरी, इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बेलबारी नगरपालिका–१ का ३१ वर्षीय सुमन तामाङलाई लुपिजेसिक, फेनारागन, डाइजेपाम र एभिल लगायत निषेधित औषधिसहित पक्राउ गरिएको छ । पक्राउ परेकाहरुबारे अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!