संगालोखबर

विराटनगर । विराटनगरको तीनपैनी चोकदेखि पुष्पलालचोक सम्मको करिब तीन किलोमिटर सडकलाई पूर्वकै नमूना सडकका रूपमा लिइन्थ्यो । दुई लेन सडकखण्डको बीच भागमा दुबैतर्फ उज्यालो हुनेगरी सोलार बत्ती जडान गरिएको छ भने विभिन्न प्रजातिका विरुवाहरू पनि रोपिएको छ ।

Advertisement

कुनै समय सडक पनि चिटिक्क थियो । बिरुवाहरूको पनि राम्ररी हेरचाह हुन्थ्यो भने रातको समयमा सडक पनि उज्यालो हुन्थ्यो । तर यो अवस्था केही वर्षमात्रै सीमित भयो ।

सडकमा जोडिएका धेरै सोलारबत्ती बल्न छाडिसकेका छन् भने कतिपयको बत्ती समेत झरिसकेको अवस्था छ । सडक पनि धुलाम्मे छ । बोटविरुवा संरक्षणमा समेत ध्यान गएको पाइँदैन । सडक निर्माण भएको केही वर्षपछि नै खाल्डा पर्न थालेका थिए । कतिपय स्थानका खाल्डा पुरिए त अझै केही स्थानमा सडकमा खाल्डा देख्न सकिन्छ ।

केही दिनदेखि विराटनगर महानगरपालिकाले पुष्पलाल चोकदेखि हाम्रो चोकसम्मको एकतर्फी सडक भत्काएर मर्मत कार्य सुरु गरेको छ । तर कति लागतमा सडक मर्मत हुँदैछ, कसले निर्माणको जिम्मा पायो, कहिले निर्माण कार्य सम्पन्न हुने हो, योजना बोर्ड नै राखेको छैन ।

आर्थिक वर्षको अन्त्यमा हतारहतारमा सडक भत्काएर सुचना बोर्ड समेत नराखी मर्मत थालिनुलाई स्थानियले अनियमितताको आशंका समेत गरेका छन् । ‘समय छँदै महानगरले वास्ता नदेखाउनु अनि आर्थिक वर्षको अन्त्यमा हतारहतार काम गर्ने परम्परा गलत हो, स्थानीय मिलन गिरी भन्छन्, ‘यस्तो काम दिगो पनि हुँदैन । बजेट सक्न र कमिसनका लागि यसरी काम भएको हो ।’

दैनिक टिपरलगायतका ओभरलोड गाडी सञ्चालन हुँदा सडक थप बिग्रदै गएपछि मर्मत गर्न थालिएको महानगरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!