संगालोखबर
फाइल तस्वीर ।

संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिकामा पहिरोले एक घर, स्वास्थ्य केन्द्र र निर्माणाधीन अस्पताल पुरिएका छन् । शुक्रबारदेखिको लगातारको वर्षापछि आएको पहिरोले भोटखोला–४ स्थित सेम्बुङ गाउँमा क्षति पुर्याएको प्रहरीले जनाएको छ ।

स्थानीय रिदर ज्याबु भोटेको घर पहिरोमा पुरिएको जनाइएको छ । यसैगरी, पहिरोले भोटखोला–४ स्थित छोङराङमा माथिल्लो अरुण आयोजनाको पहुँच मार्गको शिविर र दुई वटा गाडी पनि पुरिएको जनाइएको छ ।

Advertisement

यस्तै, सोही स्थानमा रहेको आधारभूत स्वास्थ्य चौकीको स्वास्थ्य भवनसहित स्वास्थ्य उपकरण पहिरोले पुरिँदा लाखौँको क्षति भएको छ । निर्माणाधीन पाँच शय्याको अस्पतालमा पनि पहिरोले क्षति पुर्याएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!