संगालोखबर

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ निर्माण लगभग पूरा भएको छ । ११.८३ किलोमिटर लम्बाईको उक्त सुरुङ मंगलबार पूरै छिचोलिने भएको छ ।

Advertisement

सुरुङको अन्तिम भागमा विष्फोट गराइ ‘ब्रेक थ्रु’ गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल आउने भएका छन् । मकालु गाउँपालिकाको आम्राङस्थित अडिट–२ मा प्रधानमन्त्री दाहालले ‘ब्रेक थ्रु’ गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।

त्यस अवसरमा प्रधानमन्त्री दाहालले चिचिला गाउँपालिका–३ स्थित पुखुवा दोभानको विद्युत् गृह निर्माण क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको संखुवासभा जिल्ला प्रशासनले जनाएको छ ।

अरुण तेस्रो जलविद्युत आयोजनाको ७५ प्रतिशतभन्दा बढी भौतिक प्रगति भइसकेको आयोजना कार्यालयले जनाएको छ । यस आयोजनाको बाँध मकालु गाउँपालिका-५ स्थित फ्याक्सिन्दा दोभानमा निर्माण भइरहेको छ ।

उक्त बाँधबाट सुरुङ मार्ग हुँदै चिचिला गाउँपालिका–३ स्थित पुखुवास्थित विद्युत गृहसम्म पुग्ने पानीबाट टर्बाइनको माध्यमले बिजुली उत्पादन हुने आयोजनाले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!