संगालोखबर


इलाम । आफ्नै बुवाको हत्या गरी फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । इलामको माई नगरपालिका–१०, ढोडेनीका ३५ वर्षीय रामबहादुर राईलाई हत्या आरोपमा पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार जेठ १६ गते उनले आफ्नै बुबा ६६ वर्षे दिलबहादुर राईलाई चिर्पट प्रहार गरी हत्या गरेका थिए । घटनापछि उनी फरार भएका थिए ।

Advertisement

प्रहरीले उनको खोजी गरिरहेको थियो । खोजीकै क्रममा माई नगरपालिका–१० को ढोडेनी जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश जबेगूले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!