विद्यार्थीहरुद्वारा विराटनगरमा सरकारी गाडीमा आगजनी र तोडफोड
विराटनगर । महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीहरूले विराटनगरमा आइतवार सरकारी गाडीमा आगजनी गरेका छन् । केही गाडीमा उनीहरुले तोडफोड समेत गरेका छन् । आगजनी र तोडफोडबाट ६ वटा गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
उनीहरुले कोशी प्रदेश योजना आयोगको को १ झ ६४४ नम्बरको गाडीमा महेन्द्र मोरङ क्याम्पस अगाडि आगजनी गरेका हुन् । यसैगरी, विराटनगरको कञ्चनजंघा पार्टी प्यालेसमा पार्किङ गरेर राखिएका ५ वटा गाडीम...



























