संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । पेट्रोल खन्याएर आफ्नै शरीरमा आगो लगाएका विराटनगरका ३९ वर्षीय पवनकुमार कामतको मृत्यु भएको छ । जलेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा बिहीबार मृत्यु भएको हो ।

कामतले विराटनगर–७ मा मंगलबार बेलुका शरीरमा पेट्रोल खन्याएर आफैंलाई आगो लगाएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । आगोले शरीरको करिब ७० प्रतिशत भाग जलेका कामतको कोशी अस्पतालमा उपचार भइरहेको थियो ।

Advertisement

घटनालगत्तै प्रहरीले अनुसन्धान गर्दा कामत केही समययता पारिवारिक तनावमा रहेको खुलेको डीएसपी बस्नेतले जानकारी दिए । केही समयअघि श्रीमतीसँग सम्बन्ध विच्छेद भएको र श्रीमती दुई छोराछोरीका साथ बेग्लै बस्दै आएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!