
विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार चार सय रुपैयाँ बढेको हो ।
आज सुनको मूल्य प्रतितोला दुई लाख ९६ हजार एक सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला दुई लाख ९२ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा एक सय ३५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला चार हजार नौ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला चार हजार आठ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 























