संगालोखबर

विराटनगर । विराटनगर जेसीजले विभिन्न कार्यक्रम गरी ‘जेसीज सप्ताह’ मनाउने भएको छ । ५१ वर्षको इतिहास बोकेको विराटनगर जेसीजले जेठ २६ गतेदेखि एक सातासम्म विभिन्न कार्यक्रम गर्ने भएको हो ।

Advertisement

जेठ २६ गते सहिद रङ्गशालामा दौड प्रतियोगिता आयोजना गरिने विराटनगर जेसीजका अध्यक्ष तुलसी निरौलाले जानकारी दिए । दौडमा प्रथम हुनेलाई ५ हजार, दोस्रो हुनेलाई ३ हजार र तेस्रो हुनेलाई २ हजार पुरस्कार प्रदान गरिनेछ ।

जेठ २७ गते विराट बहिरा माध्यमिक विद्यालय र तेस्रो दिन २८ गते बाल सदन विद्यालयमा चित्रकला प्रतियोगिता आयोजना गरिने उनले बताए । चौथो दिन जेठ २९ गते शिक्षा विकास स्कुल, ग्रामाथानमा स्टेशनरी सामग्री वितरण गरिने र पाँचौँ दिन ३० गते पूर्वाञ्चल बाल आश्रममा मेडिटेशन कार्यक्रम सञ्चालन गरिने अध्यक्ष निरौलाले जानकारी दिए ।

जेठ ३१ गते विराटनगर जेसीजको सचिवालयमा ‘टिम बिल्डिङ’ तालिम सञ्चालन गरिने भएको छ । जेठ ३२ गते होटल स्वागतममा समाजमा विशिष्ट योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मान गर्दै जेसीज सप्ताह समापन गरिने उनले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!