संगालोखबर

विराटनगर । विराटनगर महानगरपालिका–२ का एकजना व्यक्तिले आफ्नै शरीरमा आगो लगाएका छन् । स्थानीय ३९ वर्षीय पवनकुमार कामतले मंगलबार राति शरीरमा पेट्रोल खन्याएर आफैंलाई आगो लगाएको प्रहरीले जनाएको छ ।

Advertisement

जलेर गम्भीर घाइते भएका कामतको कोशी अस्पतालमा उपचार भइरहेको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार उनको शरीरको अधिकांश भाग जलेको छ ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा केही समययता कामत पारिवारिक तनावमा रहेको खुलेको छ । श्रीमतीसँगको सम्बन्धमा खटपट आएको र त्यही कारण तनावमा रहेको पाइएको प्रहरीले जनाएको छ ।

‘केही दिनअघि श्रीमतीसँग सम्बन्धविच्छेद भएको र दुईजना छोराछोरीसहित उनी अन्तै बस्दै आएको पाइएको छ’ डीएसपी बस्नेतले संगालोखबरसँग भने, ‘प्रारम्भिक अनुसन्धानमा पारिवारिक तनावकै कारण आफ्नो शरीरमा आगो लगाएर आत्महत्या गर्न खोजेको देखिन्छ ।’

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको उल्लेख गर्दै प्रहरीले यस क्रममा परिवारका सदस्य, छिमेकी र अन्य आफन्तसँग सोधपुछ गरिएको जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!