संगालोखबर

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहालले बजेटमा कोशी प्रदेशलाई उपेक्षा नगरिएको बताएका छन् । आगामी आर्थिक वर्षका लागि सरकारले सार्वजनिक गरेको बजेटमा कोशी प्रदेशलाई उपेक्षा गरिएको चर्चाका बीच प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

Advertisement

विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीमाझ बोल्दै उनले आवश्यकता एवं स्थिति अनुसार पर्याप्त बजेट र कार्यक्रम दिइएको भएपनि कोशीलाई बजेट कम भयो भनेर गलत प्रचार गरिएको बताए ।

विराटनगरमा सञ्चालन हुने श्रमाधान रोजगार मेलाको उद्घाटन गर्न आएका प्रधानमन्त्री दाहालले उत्पादन, उत्पादकत्व र रोजगारीलाई केन्द्रित गरेर सन्तुलित बजेट ल्याएको दाबी गरे ।

थुप्रै नयाँ कार्ययोजना र रोजगारीको ठोस कार्यक्रमसहित सन्तुलित बजेट ल्याइएको प्रधानमन्त्रीको भनाइ थियो । विराटनगर चक्रपथको र मेडिकल कलेजसँग सम्बन्धित कुरा बजेटमा परेको उल्लेख गर्दै तर यी कुरा बजेट वक्तव्यमा नआएको भन्दै उनले वक्तव्यमा नआएका त्यस्ता केही कुराहरु बजेटमा समेटिएको बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!