काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले बैंक तथा वित्तीय संस्थाबाट हुने धितोबन्धकी रोक्का र फुकुवाको कार्यलाई पूर्ण रूपमा अनलाइन प्रणालीमा लैजाने निर्णय गरेको छ ।

विभागले एक सूचना जारी गर्दै आगामी जेठ १ गतेदेखि सबै प्रकारका बैंक तथा वित्तीय संस्थाहरूका लागि यो व्यवस्था अनिवार्य गरिएको जानकारी दिएको हो ।

Advertisement

नेपाल सरकारको शासकीय सुधारको कार्यसूचीअनुसार सेवालाई छिटो, छरितो र बिचौलियामुक्त बनाउन यो कदम चालिएको विभागले जनाएको छ । नागरिकलाई पूर्वानुमानयोग्य समयमा सेवा उपलब्ध गराउने र सम्पूर्ण प्रक्रियालाई ‘फेसलेस’ र डिजिटल प्रणालीमा रूपान्तरण गर्ने लक्ष्यका साथ नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउन लागिएको हो ।

विभागका अनुसार भूमि प्रशासन निर्देशिका, २०८१ को दफा ३९२ को उपदफा (४) बमोजिम अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूले वैशाख २१ गतेदेखि नै यो सेवा अनलाइनमार्फत सुरु गर्नेछन् ।

अन्य क, ख, ग र घ वर्गका सबै बैंक तथा वित्तीय संस्थाहरूले भने आगामी जेठ १ गतेदेखि अनिवार्य रूपमा अनलाइन प्रणालीबाट मात्र धितोबन्धकी रोक्का तथा फुकुवाको काम गर्नुपर्नेछ ।

यस व्यवस्थासँगै अब बैंकको धितो रोक्का र फुकुवाका लागि मालपोत कार्यालय धाइरहनुपर्ने झन्झट अन्त्य हुने र सेवाग्राहीले सहज रूपमा डिजिटल माध्यमबाट सेवा पाउने अपेक्षा गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!