
विराटनगर । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुक्रबार विराटनगर रन २.० म्याराथन प्रतियोगिता आयोजना गरिएको छ । लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ सी को आयोजना तथा नोबेल क्यान्सर अस्पतालको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले म्याराथनको शुभारम्भ गरेका छन् । नोबेल अस्पतालबाट सुरु भएको म्याराथन सहिद रंगशालामा पुगेर समापन भएको लियो जिल्ला अध्यक्ष मनोज तिवारीले जानकारी दिए ।

नोबेलले सहभागी सम्पूर्ण धावक, आयोजक तथा सहयोगीहरूलाई धन्यवाद ज्ञापन गरेको छ ।
ट्राइ-साइकल प्रतियोगिता, सांस्कृतिक प्रस्तुति तथा चर्चित गायिका रचना रिमालको सांगीतिक प्रस्तुति लगायतका आकर्षक कार्यक्रमहरू क्रमशः सञ्चालन हुँदै जाने नोबेलले जनाएको छ ।

संगालोखबर 


















