संगालोखबर

विराटनगर । विद्यालयका बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले मोरङको बेलबारीमा बाल कला साहित्य महोत्सव सुरु भएको छ । बेलबारी प्रज्ञा प्रतिष्ठानको आयोजनमा बिहीबार सुरु भएको महोत्सव शनिबारसम्म चल्नेछ ।

Advertisement

महोत्सवमा कथा, कविता, गायन, वक्तृत्वकला, चित्रकला, नृत्यकलाका कार्यशाला सञ्चालन भइरहेका छन् । प्रतिष्ठानकी प्रतिनिधि रेखा सुबेदीका अनुसार यस अवसरमा बाल साहित्य र कलाबारे गहन छलफल समेत हुनेछ ।

महोत्सवमा बेलबारी साहितय विकास समिति, स्रष्टा समाज, अलंकार संगीतालय, बेलबारी जेसिस, आदिवासी जानजाति महासंघलगायत संस्थाहरुको सहकार्य रहेको प्रतिष्ठानले जनाएको छ ।

बेलबारी बहुमुखी क्याम्पस परिसरमा जारी महोत्सवका लागि बेलबारी नगरपालिकाले चार लाख ८० हजार सहयोग गरेको जनाइएको छ । महोत्सवको उद्घाटन बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले गरेका थिए ।

त्यस अवसरमा उनले नगरको प्राज्ञिक उन्नयनका लागि क्रियाशील बेलबारी प्रज्ञा प्रतिष्ठानले बालबालिकाको सिर्जनशीलता विकासमा महत्वपूर्ण सहयोग पुग्ने बताए । प्राध्यापक टङ्कप्रसाद न्यौपानेले प्रदेशस्तरीय प्रज्ञा प्रतिष्ठान नभए पनि केही पालिकामा प्रज्ञा प्रतिष्ठान स्थापना हुनु सुखद भएको बताउँदै भाषा, साहित्य कलाको संरक्षण एवं विकासका निम्ति काम गर्न सबै पालिकालाई सुझाव दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!