विराटनगरका दिवश राजवंशी स्काउटको दीर्घ सेवा पदकबाट सम्मानित
विराटनगर । विराटनगरका दिवश राजवंशी नेपाल स्काउटको दीर्घ सेवा पदकबाट सम्मानित भएका छन् । स्काउटको माध्यमबाट १५ वर्षभन्दा बढी सेवा गरेबापत पाउने पदकबाट राजवंशी सम्मानित भएका हुन् ।
स्काउटको स्थापना दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा उनी सम्मानित भएका हुन् । २०४७ सालमा नरग्राम माध्यमिक विद्यालयबाट स्काउटको अभियानमा होमिएका उनी विभिन्न भूमिकामा रहँदै पूर्वाञ्चल स्काउट ट्रु...






























