संगालोखबर
फाइल तस्वीर

विराटनगर । कोशी प्रदेशका चारवटा जिल्लामा शनिबार एकै दिन १५ वटा सवारी दुर्घटना भएका छन् । झापा, मोरङ, सुनसरी र भोजपुरमा भएका दुर्घटनामा २९ जना घाइते भएका छन् । कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार बढी दुर्घटना मोरङ र झापामा भएको छ ।

मोरङको बुढीगंगा गाउँपालिकामा को ११ प ३४११ नम्बर मोटरसाइकलको ठक्करले पैदलयात्री स्थानीय ६३ वर्षीया कमला दाहाल घाइते भएकी छन् । उनको विराट टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।

Advertisement

मोरङकै उर्लाबारीमा मे १० प २१३२ नम्बरको मोटरसाइकल साइकलसँग् ठोक्किँदा तीनजना घाइते भएका छन् । साइकलयात्री स्थानीय ६८ वर्षीय कमल श्रेष्ठ, मोटरसाइकल चालक तेह्रथुमको आठराईका २१ वर्षीय संगम बुढाथोकी र पछाडि बसेका ताप्लेजुङको फुङलिङका २७ वर्षीय रोशन कार्की घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

विराटनगर–१ मा को २८ प ७२४३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा ३० वर्षीय यमन फँुयल घाइते भएका छन् । उनको कोशी अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी, सुन्दरहरैँचा नगरपालिका–१० मा प्र १–०२–०४७ प १७५३ नम्बरको स्कुटरले ठक्कर दिँदा साइकलयात्री ५५ वर्षीय श्यामलाल राजवंशी र स्कुटर चालक बेलबारी–२ का २९ वर्षीय आकाश ढकाल घाइते भएका छन् । उनीहरुको सुकुना सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मोरङकै जहदा गाउँपालिका–४ मा प्र ०२–००४ ह २२४६ नम्बरको सिटी सफारीले ठक्कर दिँदा स्थानीय २ वर्षीय बालक प्रियांशु मुखिया घाइते भएका छन् । उनको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ ।

उर्लाबारी नगरपालिका–५ मा को ३६ प २२३७ नम्बरको स्कुटरले ठक्कर दिँदा स्थानीय ३३ वर्षीया बिमला लिम्बु घाइते भएकी छन् । उनको विराटनगरस्थित नोवेल अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै, झापा मेचीनगर नगरपालिका–७ मा प्रदेश नम्बर १–०१–००१ च ७५०१ नम्बरको कार र विपरीत दिशाबाट जाँदै गरेको भारतीय नम्बरप्लेटको कार आपसमा ठोक्किँदा बिर्तामोडकी ६० वर्षीया मन्जु बर्मन घाइते भएको प्रहरीले जनाएको छ । उनको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

झापाकै दमक नगरपालिका–१ मा को ३३ प ५१४ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा साइकलयात्री सञ्जय लिम्बु घाइते भएका छन् । मोटरसाइकलमा सवार स्थानीय २९ वर्षीय विनेश बस्नेत र ३१ वर्षीय जीवन कार्की घाइते भएका छन् । उनीहरुको दमकस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

झापाको बुद्धशान्ति गाउँपालिकामा भएको अर्को दुर्घटनामा चारजना घाइते भएका छन् । प्र–१–०१–०१२ प ४११० नम्वरको मोटरसाइकल र मे–१० प–२७४७ नम्वरको मोटरसाइकल ठोक्किँदा स्थानीय ३४ वर्षीय विशाल आचार्य, उनका दुई वर्षीय छोरा बिवान्स आचार्य र अर्को मोटरसाइकलमा सवार स्थानीय ४६ वर्षीय टंक पाठक र पछाडि बसेका ३७ वर्षीय भाष्कर भट्टराई घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको सिटी अस्पताल बुधबारेमा उपचार भइरहेको छ ।

यस्तै, दमक–५ मा ना ३ ख ४७८४ नम्बरको ट्रकले ठक्कर दिँदा मे १० प १०८६ नम्बरको मोटरसाइकल चालक स्थानीय ६० वर्षीय मानबहादुर कुमाल घाइते भएका छन् । उनको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मेचीनगर नगरपालिका–१२ मा मे ११ प ४४०४ नम्बरको १२५ स्कुटी आफैं अनियन्त्रित भई दुर्घटना हुँदा चालक बिर्तामोड–५ की २६ वर्षीया आयुष्मा राजवंशी र पछाडि सवार २५ वर्षीय पुजन चौधरी घाइते भएका छन् । उनीहरुको बीएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, दमक नगरपालिका–९ मा को ३५ प १५९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ५० वर्षीय बलबहादुर कार्की घाइते भएका छन् । मोटरसाइकल चालक राजेश महतो पनि घाइते भएका छन् । उनीहरुको निम्स अस्पताल दमकमा उपचार भइरहेको छ ।

यस्तै, सुनसरी इनरुवा नगरपालिका–६ मा प्र १–०२–०५२ प ८४५१ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई दुर्घटना हुँदा चालक रामधुनी–६ का २९ वर्षीय रबिन बस्नेत र पछाडि बसेका उनका भतिजा ७ वर्षीय मिखन बस्नेत घाइते भएका छन् । उनीहरुको इनरुवा अस्पतालमा उपचार भइरहेको छ ।

सुनसरीकै रामधुनी नगरपालिका–१ झुम्कामा म प्र–०१–००५ प ०५८५ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा स्थानीय पैदलयात्री ७५ वर्षीया अमुलिया देवी सरदार घाइते भएकी छन् । उनको साई अस्पताल झुम्कामा उपचार भइरहेको छ ।

उता, भोजपुरमा टिपर र पिकअप गाडी ठोक्किँदा चारजना घाइते भएका छन् । भोजपुर पौवादुङमा गाउँपालिका–१ हिले भञ्ज्याङमा को १ क २९८९ नम्बर टिपर र प्र–१–०२–००२ च ६५६४ नम्बरको पिकअप गाडी ठोक्किँदा हतुवागढीका ४१ वर्षीय गणेश राई, ३८ वर्षीय रमेश राई, ४८ वर्षीय जगत कटुवाल र २९ वर्षीया पार्वती श्रेष्ठ घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

मोरङमा एक वर्षभित्र भएका सवारी दुर्घटनामा १०९ जनाको मृत्यु

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!