
विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार आठ सय रुपैयाँ घटेको हो ।
आज सुनको मूल्य प्रतितोला दुई लाख ९२ हजार सात सय रुपैयाँ कायम छ । बुधबार सुन प्रतितोला दुई लाख ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा एक सय पाँच रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला चार हजार आठ सय १० रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला चार हजार नौ १५ रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 























