संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । मोरङको मिक्लाजुङमा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मिक्लाजुङ गाउँपालिका–६ कत्ले भन्ने ठाउँमा अनियन्त्रित भइ मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ ।

टाँडीबाट किसानचोकतर्फ जाँदै गरेको को ७ प ७६९२ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा त्यसका चालक मोरङको पथरीशनिश्चरे–२ का ३० वर्षीय करण खड्काको मृत्यु भएको हो ।

Advertisement

बुधबार बेलुका भएको दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उर्लाबारीस्थित अरनिको अस्पतालमा प्रारथमिक उपचारपछि थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो । त्यहाँ पुर्याएपछि चिकित्सकले जाँच गरी मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!