संगालोखबर


विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको मेडिकल सुपरिण्टेण्डेण्ट (मेसु) मा डा. रविनराज सिंह नियुक्त भएका छन् । बुधबारको मन्त्रिस्तरीय निर्णयअनुसार डा. सिंहलाई ११ महिनापछि पुनः मेडिकल सुपरिण्टेण्डेण्टमा नियुक्त गरिएको हो ।

सिंह यसअघि पनि मेसु भएका थिए । तर नियुक्त भएको पाँच महिनामा उनलाई हटाएर डाक्टर चन्दभाल झालाई मेसु नियुक्त गरिएको थियो । २०७९ फागुनमा अस्पतालको मेसु नियुक्त भएका उनलाई पाँच महिनापछि हटाइएको थियो ।

Advertisement

संघीय सरकार परिवर्तनसँगै मेसु पनि परिवर्तन हुँदै आएका छन् । राजनीतिक नियुक्तिका कारण बारम्बार मेसु परिवर्तन भइरहँदा अस्पताल सुधारको काममा बाधा पुगेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!