संगालोखबर

विराटनगर । नेपाल वेयरहाउजिङ्ग कम्पनीले ‘साइलो भण्डारण’ का विषयमा जानकारी गराउने उद्देश्यका साथ अन्तरक्रिया गरेको छ । कम्पनीले विराटनगरमा कृषक र सरोकारवालामाझ अन्तरक्रियात्मक कार्यक्रम गरेको हो ।

Advertisement

कम्पनीले सहभागीहरूलाई साइलो भण्डारणका फाइदा, यसले गरिरहेको कामलगायत विषयमा जानकारी दिएको थियो । सहभागीले राखेका जिज्ञासाहरूको कम्पनीका आधिकारिक व्यक्तिहरूले स्पष्ट पारेका थिए ।  सुनसरीको गढी गाउँपालिका–२ औरावनीमा १५ हजार मेट्रिक टन क्षमताको साइलो भण्डार सञ्चालनमा छ भने पर्साको पर्सागढी–१ मा २५ हजार मेट्रिक टनको साइलो भण्डार सञ्चालनमा छ ।

यस्तै कपिलबस्तुको वीरपुर–४ मा १५ हजार मेट्रिक टनको साइलो भण्डार निर्माण भएको कम्पनीका महाप्रवन्धक समिरराज सत्यालले जनाकारी दिए । साइलो भण्डारण गर्दा खाद्यान्नको तौल र भण्डारण अवधिको आधारमा भाडा तिर्नुपर्ने कम्पनीले जनाएको छ ।

अत्याधुनिक प्रविधिबाट आर्द्रता र तापमान मापन गरी खाद्यान्नको पौष्टिक गुणस्तर कायम गरेर भण्डारण गर्ने गरिएको कम्पनीले जनाएको छ । मकै, गँहु, भटमासलगायत खाद्यान्न पूर्ण रूपले स्वचालित मेसिनद्वारा सफाई गरी साइलोमा सुरक्षित तवरले भण्डारण गरिने कम्पनीको दावी छ । यसैगरी भण्डारण गरिएको अन्नहरूको धितोमा कृषक तथा व्यवसायीलाई ऋण प्रवाहको लागि सहजीकरण गर्ने समेत कम्पनीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!