संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । मोरङको उर्लाबारीमा घरको छतबाट खसेर बुधबार एकजना कामदारको मृत्यु भएको छ । स्थानीय जेनिस लिम्बुको निर्माणाधीन घरको दोस्रो तलाबाट खसेर उर्लाबारी–२ का ४८ वर्षीय सनिकुमार श्रेष्ठको मृत्यु भएको हो ।

छतबाट तल भुइँमा खस्दा गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि विराटनगरको कन्चनबारीस्थित आर्या न्युरो अस्पताल ल्याइएको थियो । ल्याएको केही बेरमै चिकित्सकले उनको मृत्यु भइसकेको जानकारी दिएको प्रहरीले जनाएको छ ।

Advertisement

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार घटनाबारे इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले अनुसन्धान सुरु गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!