संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । बिजुलीको खम्बामा ठोक्किएर भएको दुर्घटनामा मोरङको बेलबारीमा एकजना साइकलयात्रीको मृत्यु भएको छ । बेलबारी नगरपालिका–५ मा भएको दुर्घटनामा स्थानीय ६० वर्षीय टीकाराम पुरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरबाट सोमबार साँझ हिँडेका उनी नफर्किएपछि खोजी गरिएको थियो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार खोजीका क्रममा पुरी घरनजिकै मंगलबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।

Advertisement

प्रहरी टोली पुगेर घटनास्थलको प्रारम्भिक अनुसन्धानअनुसार बिजुलीको खम्बामा साइकल ठोक्किएर भएको दुर्घटनामा उनको मृत्यु भएको हो । खम्बामा ठोक्किएर उनी कुलोमा खसेको पाइएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!