धनकुटा । धनकुटामा एक सय ५२ किलो गाँजा जलाएर नष्ट गरिएको छ । विभिन्न समयमा बरामद गरिएको उक्त परिमाणको गाँजा धनकुटा-९ मुलघाट स्थित तमोर नदि किनारमा जलाएर नष्ट गरिएको हो ।
साँगुरीगढी गाउँपालिकाबाट विभिन्न समयमा बरामद भएको गाँजा जलाएर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका इन्स्पेक्टर सुमन खड्काले बताए । प्रहरीले साँगुरीगढीको भेडेटार र चाँदीबजारबाट विभिन्न समयमा गाँजा बरामद गरेको थियो ।