
धनकुटा । धनकुटा नगरपालिका-७ बाट प्रतिबन्धित लागूऔषधसहित जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार बेलुका जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनकुटा –७ का २१ वर्षीय किरण राई रहेका छन् । उनको साथबाट लागूऔषध ट्रामाडोल २७ ट्याब्लेट र स्पास्पेन १७ क्याप्सुल फेला परेको थियो ।
उनका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।