संगालोखबर


विराटनगर । आज सुनचाँदीको मूल्य बढेको छ । बिहीबार चार सय रुपैयाँले घटेको सुन आज प्रतितोला एक हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ६० हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला एक लाख ५९ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार आठ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!