धनकुटा । धनकुटामा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । आज दिउँसो पाख्रीबास नगरपालिका-३ मा दुई वटा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा तीन जना घाइते भएका हुन् ।
सङ्खुवासभा तर्फ जाँदै गरेको प्रदेश नम्बर १-०२-०४४ प ७४५ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको प्रदेश नम्बर १-०२-०५० प ६१०४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा ७४५ नम्बरको मोटरसाइकलका चालक सङ्खुवासभा भोटखोला गाउँपालिका-४ का २५ वर्षीय लावाङ भोटे घाइते भएका छन् ।
यसैगरी अर्को मोटरसाइकलका चालक सङ्खुवासभा कै चिचिला गाउँपालिका-१ का २७ वर्षीय यामबहादुर गुरुङ र पछाडि सवार सोही स्थानका ३१ वर्षीय विरेन्द्र गुरुङ घाइते भएका छन् ।
तीनै जना घाइतेलाई उपचारका लागि विराट नर्सिङ होम विराटनगरमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।