संगालोखबर

धनकुटा । धनकुटाका पत्रकारहरूले विपन्न परिवारका विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामग्री प्रदान गरेका छन् । तिहारमा देउसीभैलो खेलेर सङ्कलन भएको रकमबाट पत्रकारहरूले धनकुटा-७ स्थित त्रिवेणी माध्यमिक विद्यालयमा अध्ययनरत विपन्न परिवारका ११ जना विद्यार्थीहरूलाई स्विटर, टोपी, कपी र कलम प्रदान गरेका हुन् ।

Advertisement

सदैझै यो वर्ष पनि धनकुटाका एक दर्जन बढी पत्रकारहरूले जिल्ला सदरमुकाममा दुई दिन देउसीभैलो खेलेका थिए । सोही देउसीभैलोमार्फत सङ्कलन भएको रकमबाट विद्यार्थीहरूलाई सहयोग गरिएको हो । सामग्री हस्तान्तरणका लागि बिहीबार विद्यालयमा आयोजित कार्यक्रममा देउसीभैलो कार्यक्रमका समन्वयकर्ता एवं पत्रकार महासंघका उपाध्यक्ष रविन कटेलले सङ्कलित रकमलाई सामाजिक काममा सदुपयोग गरौँ भन्ने सोचले विद्यार्थीहरूलाई सहयोग गरिएको जानकारी दिए ।

सो अवसरमा त्रिवेणी माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपक पोख्रेलले देउसीभैलो खेलेको पैसालाई सदुपयोग गरेर विपन्न विद्यार्थीहरूलाई सहयोग गरेकोमा पत्रकारहरूलाई धन्यवाद दिए ।

तस्वीर: प्रज्वल कटेल

कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष विदुर खवास, उपाध्यक्ष कटेल, अकोरावका केन्द्रिय उपाध्यक्ष गोपाल बराइली, फोनिजका निवर्तमान प्रदेश अध्यक्ष सन्तवीर लामा, प्रेस युनियनका अध्यक्ष विनोद घिमिरे, फोनिजका जिल्ला अध्यक्ष मानवी मोक्तान, प्रेस सेन्टरका सचिव विपिन दाहाल, पत्रकारहरू कोकिला भण्डारी, जानु तामाङ, प्रमिला घिमिरे, प्रज्वल कटेल लगायतले विद्यार्थीहरूलाई सामग्री प्रदान गरेका छन् ।

धनकुटाका क्रियाशील पत्रकारहरूले हरेक वर्ष देउसीभैलो खेलेर सङ्कलन भएको रकमलाई सामाजिक काममा खर्च गर्दै आएका छन् । उनीहरूले गत वर्ष श्रीपञ्चमी पार्कस्थित वाल पुनस्थापना केन्द्रमा आश्रित बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान गरेका थिए ।

 

पत्रकारहरूले गतवर्ष गरेको सहयोगको समाचार…

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!