संगालोखबर


विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले विराटनगर-१९ मा रहेको बैजनाथपुर क्रिकेट रंगशाला संरक्षण तथा सम्वर्द्धन समितिको संयोजक मनोनयन गरेको छ । खेलकुद विकास बोर्डको २३ औं बैठकले प्रदिपकुमार भगत थारूलाई मनोनयन गरेको हो ।

बोर्ड बैठकले क्रिकेट रंगशाला संरक्षण तथा सम्वर्द्धन समितिको सदस्य पदमा विराटनगर-१९ का वडाध्यक्ष श्याम घिमिरे, राष्ट्रिय तेक्वान्दो संघका कोशी प्रदेश अध्यक्ष मनोज विक्रम शाह, अन्तर्राष्ट्रिय प्रशिक्षक प्रभाकर राना मगर र मोरङ जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख राजन कुमार पोखरेललाई मनोनयन गरेको छ ।

Advertisement

त्यस्तै बैठकले प्रादेशिक रंगशाला इटहरीको संरक्षण तथा सम्वर्द्धन समिति संयोजकको जिम्मेवारी बोर्ड सदस्य शैलेश कुमार विष्टलाई दिएको छ ।

इटहरी-९ स्थित रंगशालाको संरक्षण तथा सम्वर्द्धन समिति सदस्यमा बोर्ड सदस्य सन्दीप राई, इटहरी-९ का वडाध्यक्ष  जितेन्द्र थापा, सुनसरी जिल्ला क्रिकेट संघ अध्यक्ष चेतनाथ पौडेल र रंगशालाका प्रशासकीय अधिकृत चण्डिका प्रसाद बास्तोलालाई मनोनयन गरेको छ ।

मनोनित संयोजक तथा सदस्यहरूलाई खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले पत्र हस्तान्तरण गरेका थिए । उनले राज्यले खेलकुद विकासका लागि निर्माण गरेका संरचना संरक्षणमा समाज र राज्यका सबै पक्ष लाग्नुपर्ने बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!