संगालोखबर

भोजपुर । भोजपुरको अरुण गाउँपालिकाले पूर्व वडाध्यक्षको निधनमा शोक बिदा दिएको छ । वडा नम्बर-५ याकुका पूर्व वडाध्यक्ष तथा विश्वप्रेमी माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक ध्यानबहादुर राईको निधन भएपछि गाउँपालिकाले बुधबार शोक बिदा दिएको हो ।

Advertisement

आज गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले एक सूचना जारी गर्दै राईको निधन प्रति सिङ्गो गाउँपालिका नै स्तब्ध र मर्माहत भएको उल्लेख गरेका छन् ।

बुधबार अत्यावश्यक बाहेक गाउँपालिकाको कार्यालय, वडा कार्यालय, शैक्षिक संस्था र स्वास्थ्य संस्थाहरूमा शोक बिदा दिइएको सूचनामा जनाइएको छ । राईको आज निधन भएको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!