संगालोखबर
फाइल तस्बिर

तेह्रथुम । तेह्रथुममा शंकास्पद बस्तु भेटिएको छ । म्याङ्लुङ नगरपालिका-१ डाँडागाउँमा चन्द्र जोशीको बारीमा शंकास्पद बस्तु भेटिएको हो ।

सोमबार दिउँसो स्थानीय चन्द्र जोशीको बारीमा प्लाष्टिकले बेरेको अवस्थामा शंकास्पद बस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रवक्ता प्रमोद खड्काले जानकारी दिए ।

Advertisement

‘धनकुटाको हिलेबाट सोमबार नै सेनाको टोली आएको छ’, खड्काले संगालोखबरसँग भने, ‘शंकास्पद बस्तुको डिस्पोज गर्ने तयारी भइरहेको छ । अहिलेसम्म डिस्पोज हुन सकेको छैन ।’

शंकास्पद बस्तु भेटिएको भनेर सोमबार दिउँसो ३ बजे खबर आएको उनले बताए । ‘बारीमा सरसफाइ गर्न आउनुभएको रहेछ’, उनले भने, ‘उहाँहरूलाई शंका लागेपछि हामीलाई खबर गर्नुभएको थियो ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!