विराटनगर । आज पनि सुनको मूल्य बढेको छ । मङ्गलबार प्रतितोला एक हजार एक सय बढेको सुनको मूल्य आज एक हजार नौ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक् लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलबार सुन प्रतितोला एक लाख ५८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर एक हजार आठ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलबार चाँदी एक हजार आठ सय ७५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।