संगालोखबर


विराटनगर । सङ्खुवासभामा बोलेरो गाडी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । आज बिहान मकालु गाउँपालिका-५ रानी ढुङ्गा स्थित कोशी राजमार्गमा नुमबाट खाँदबारीतर्फ जाँदै गरेको ग १ ज ४९७३ नम्बरको बोलेरो दुर्घटना भएको हो ।

दुर्घटनामा चैनपुर-५ का २४ वर्षीय जीवन अधिकारी र बोलेरो चालक खाँदबारी नगरपालिका-११ का २९ वर्षीय कविराज श्रेष्ठ घाइते भएका छन् ।

Advertisement

उनीहरूको शरीरको विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । अधिकारीको अवस्था मध्यम रहेको तथा चालक राईको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।

उनीहरूको धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले संगालोखबरलाई जानकारी दिए ।

प्रहरीका अनुसार गाडी आफैँ अनियन्त्रित भएर सडकको बाँया साइटबाट करिब दुई सय मिटर तल खसेको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!