धनकुटा । धनकुटा बजारमा दिउँसै लुटपाट भएको छ । धनकुटाको हुलाकटोलस्थित जिल्ला अस्पताल अगाडि बुधबार दिउँसो करिब १२ बजे ७३ वर्षीया वृद्धा रत्नमाया तामाङको साथबाट करिब डेढ लाख नगद लुटिएको हो ।
धनकुटा नगरपालिका-१० घर भएकी वृद्धा तामाङ मदनचोकस्थित माछापुच्छ्रे बैङ्कबाट वृद्धभत्ता निकालेर बजारतिर जाँदै गर्दा लुटिएकी हुन् । वृद्धा तामाङका अनुसार उनले तीन महिनाको वृद्धभत्ता बापत प्राप्त भएको १२ हजार पैसा बैङ्कबाट निकालेकी थिइन् । वृद्धभत्तासहित उनको साथमा भएको अन्य रकम गरी करिब डेढ लाख पैसासहित कागजपत्र भएको झोला लुटिएको धनकुटाका प्रहरी प्रमुख एसपी श्यामसिंह चौधरीले जानकारी दिए ।
बजारमा हिँडिरहेका बेला एक युवाले वृद्धाको साथबाट झोला खोसेर गल्लीतर्फ भागेको दृष्य सीसीटीभी क्यामेरामा पनि कैद भएको छ । लुटपाटमा संलग्न युवाको पहिचान हुन बाँकी छ । प्रहरीले उनको खोजी गरिरहेको छ ।
भिडियो…