संगालोखबर


विराटनगर । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धन सरकारले सात बुँदे सम्झौता अनुरूप काम गर्नुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन मोरङले आज कोइराला निवासमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् । उनले केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने विषयमा सत्यता नभएको समेत बताए । बताउनु भएको छ ।

Advertisement

सरकारले संविधान संशोधन, सुशासन र आर्थिक विकासको कुरालाई गम्भीरतापूर्वक लिएर काम गर्नुपर्ने उनको भनाइ थियो । लोकतान्त्रिक व्यवस्थामा देश संयन्त्रले चलाउन खोजिनु गलत भएको उनले बताए ।

सरकारले ल्याएको अध्यादेशको विषयमा समेत नेता कोइरालाले असन्तुष्टि व्यक्त गरे । ‘माघ १८ गते संसद् बोलाएको छ’, उनले भने, ‘अध्यादेश पनि केहीसमय पर्खेर ल्याउँदा हुने थियो नि ! ६ महिनामा केही भएन, सात दिन दश दिनमा के पल्टिन्थ्यो ?’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!