
इलाम । इलाममा लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । रोङ गाउँपालिका-४ बाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका हुन् ।
बिहीबार प्रहरी चौकी किटेनीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा प्रदेश १-०१-०१७ प ५०७५ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार सुर्याेदय नगरपालिका-८ का ३१ वर्षीय मुस्कान तामाङ र सुर्याेदय नगरपालिका-६ का २७ बर्षीय पुजन तामाङ पक्राउ परेका ह्न् । उनीहरूको साथबाट प्रहरीले चार ग्राम ७९ मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ ।
दुबै जनालाई इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।