विराटनगर । आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई हजार दुई सय रुपैयाँले बढेको हो । मङ्गलबार सुनको मूल्य एक हजार नौ सय रुपैयाँले बढेको थियो ।
आज सुन प्रतितोला एक लाख ६६ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । मङ्गलबार सुन प्रतितोला एक लाख ६४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य दुई दिनमा चार हजार एक सय रुपैयाँले वृद्धि भएको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ४५ रुपैयाँले बढेर एक हजार नौ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलबार चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर एक हजार नौ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।