अरुण नदीमा पानीको बहाव बढेपछि फेरी सञ्चालन अनिश्चितकालीन बन्द
भोजपुर । भोजपुर र संखुवासभा जोड्ने अरुण नदीको सतिघाटमा सञ्चालित फेरी बिहिवारदेखि बन्द भएको छ । अरुण नदीमा पानीको बहाव बढेकाले जोखिम हुन सक्ने भन्दा फेरी सञ्चालन बन्द गरिएको हो ।
भोजपुरको षडानन्द नगरपालिका–६ र खाँदबारी–९ मा पर्ने सतिघाटस्थित अरुण नदीमा फेरी सञ्चालनमा थियो । पक्की पुल नहुँदा फेरीको मद्दतले सवारी साधनका साथै दैनिक उपभोग्य वस्तु एवं यात्रुहरुलाई तार्ने गरिएको थियो ।
षडानन्द नगरपाल...






























