संगालोखबर

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–८ सिन्कुलाबाट गएराती भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ३२ बर्षीय तेजकुमार बिक र ३८ वर्षीय मनभा राई छन् ।

Advertisement

भरुवा बन्दुक बोकेर प्र–१–०२–०४७ प १८८० नम्बरको मोटरसाइकलमा ढुंग्रेबाट सिन्कुला आउँदै गर्दा राती करिब १० बजे उनीहरूलाई पक्राउ गरिएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । विकले चलाएको मोटरसाइकलमा राई पनि सवार थिए ।

इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट १ थान एक नाले भरुवा बन्दुक र बारुद फेला परेको छ ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!