संगालोखबर


विराटनगर । कोशी प्रदेश सरकारले ‘कोशी पर्यटन वर्ष २०८२’ को नारा, लोगो र मस्कट सार्वजनिक गरेको छ । बुधबार प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले औपचारिक रूपमा लोगो र मस्कट सार्वजनिक गरेका हुन् ।

पर्यटन वर्षका लागि ‘रमणीय कोशी’ र ‘कोशीको गौरव हिमालको सान, पर्यटन वर्षमा सबैलाई सम्मान’ भन्ने नारा तय गरिएको छ ।

Advertisement

पर्यटन वर्षको औपचारिक उद्‌घाटन चैत २७ गते तेह्रथुमको तीनजुरे क्षेत्रमा हुने भएको छ, जसको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । प्रदेश सरकारले पर्यटन प्रवद्र्धनका लागि चालु आर्थिक वर्षमा १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

लोगोमा नेपाली राष्ट्रिय झन्डाको आकारभित्र कोशी टप्पुमा मात्र पाइने अर्ना, सगरमाथा, पहाड, तराई, कोशी नदी र अन्य प्राकृतिक सम्पदाका प्रतीकहरू समावेश गरिएका छन् । साथै, मस्कटमा कोशी प्रदेशको हिमाली क्षेत्रमा पाइने हाब्रे (रातो पाण्डा) लाई समावेश गरिएको छ ।

प्रदेश सरकारले पर्यटन पूर्वाधार विकास, आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन, सांस्कृतिक महोत्सव आयोजना लगायतका कार्यक्रममार्फत पर्यटन वर्षलाई सफल बनाउन विभिन्न योजना अघि सारेको जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!