सांसद राईले दिए १० जनालाई ह्वीलचियर
धनकुटा । पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले अपाङ्गता भएका धनकुटाका १० जना व्यक्तिहरूलाई ह्वीलचियर प्रदान गरेका छन् । एमाले केन्द्रिय सदस्यसमेत रहेका सांसद राईले चौबिसे गाउँपालिकाका छ, पाख्रीवासका दुई तथा सहिदभूमि र धनकुटा नगरका एक/एक जना व्यक्तिलाई ह्वीलचियर दिएका हुन् ।
अपाङ्गता भएका सहिदभूमि-२ का तिर्थभक्त राईलाई सांसद राईले ह्वीलचियरसहित आफ्नो पारिश्रमिकबाट नगद २५ हजार सहयो...
































