
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-७ पाखा टोलकी एक महिलाको लडेर मृत्यु भएको छ । गत चैत २२ गते आफ्नै घरको पेटीबाट चिप्लिएर लडेकी ५० वर्षीया कल्पना राईको उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको हो ।
प्रहरीका अनुसार घरको पेटीबाट लडेर करिब ५० मिटर तल खसेकी उनको टाउको, खुट्टा र शरीरको विभिन्न भागमा चोट लागेको थियो । गम्भीर घाइते भएकी उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो ।
प्रहरीका अनुसार घोपामा उपचार सम्भव नभएपछि २३ गतेबाट विराट नर्सिङहोम विराटनगरमा आइसियूमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा बुधबार साँझ ७ः५० बजे उनको मृत्यु भएको हो ।