
विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-६ पाँचकन्या सामुदायिक बनमा महिलाको शव फेला परेको छ । प्रहरीका अनुसार महिलाको पहिचान खुल्न बाँकी छ ।
सोमबार दिउँसो करिब १२ः३० बजे प्रहरीले महिलाको शव फेला पारेको हो । महिलाको पहिचानका लागि हुलियासहित कोशीका सबै प्रहरी युनिटबाट समन्वय भइरहेको प्रहरीले जनाएको छ ।
शव पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको छ । प्रहरीले महिलाको पहिचान गर्ने कामसँगै अनुसन्धानलाई अघि बढाएको छ ।