सुनका गहना चोरी गर्ने र किन्ने तीनजना पक्राउ

सुनका गहना चोरी गर्ने र किन्ने तीनजना पक्राउ

सङ्खुवासभा । सुनको गहना चोरीमा संलग्न रहेको साथै चोरीका गहना किनेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकजना मोरङको सुन्दर हरैँचाका छन् । दुईजना सङ्खुवासभाका हुन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय धनकुटासँगको समन्वयमा खाँदबारी नगरपालिका–६ पाङ्‍ठा टोल घर भएका १९ वर्षीय अनिष बिष्टलाई धनकुटाको पाख्रीबासमा पक्राउ गरेको हो । खाँदबारी–७, ...
धावनमार्गबाट फर्काइयो उड्न लागेको श्री एयरलाइन्सको विमान

धावनमार्गबाट फर्काइयो उड्न लागेको श्री एयरलाइन्सको विमान

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सुर्खेत उडान भर्ने क्रममा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएको छ । उक्त विमान धावनमार्गबाट उड्नैलाग्दा फर्काएर पार्किङमा ल्याइएको थियो । आज बिहान सुर्खेत उडान तालिका रहेको उक्त विमान धावनमार्गमा पुगेर फर्किएको विमानका यात्रु राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बिनिता कठायतले जानकारी दिइन् । श्री एयरलाइन्सका व्यवस्थापक अनिल मान...
आदिवासी हकहित र समानताको निम्ति राज्यको लगानी आवश्यकः सभामुख बिष्ट

आदिवासी हकहित र समानताको निम्ति राज्यको लगानी आवश्यकः सभामुख बिष्ट

विराटनगर । कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर बिष्टले आदिवासीहरूको हकहित र समानताको निम्ति राज्यले लगानी गर्न आवश्यक रहेको बताएका छन् । अन्तर्राष्ट्रिय आदिवासी दिवसका अवसरमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन् । नेपाल बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक पहिचान भएको मुलुक भएकाले आदिवासीहरूको पहिचान, रीतिरिवाज, कला सभ्यता, भेषभुषा तथा मौलिकता राज्यको सम्पत्ति भएको भन्दै उनले यसको संरक्षण गरी चिर...
पूर्वी नेपालमा भूकम्पको धक्का महसुस

पूर्वी नेपालमा भूकम्पको धक्का महसुस

विराटनगर । पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ७ः१३ बजे कोशी प्रदेशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको हो । मोरङ, सुनसरी, धनकुटा, संखुवासभा, झापा, इलाम, पाँचथर, ताप्लेजुङ लगायत जिल्लामा भूकम्पले हल्लाएको छ । भूकम्प जाँदा कतिपय मानिसहरू घर बाहिर निस्किएका थिए । सिक्किमको सोरेङआसपास केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन...
आज ३०औं विश्व आदिवासी दिवसः ‘संस्कृति संरक्षणमा प्रतिबद्ध छौँ’

आज ३०औं विश्व आदिवासी दिवसः ‘संस्कृति संरक्षणमा प्रतिबद्ध छौँ’

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका आदिवासी जनजातिहरूको भाषा, संस्कृति, संस्कार र परम्परालाई संरक्षण र विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । ३०औं विश्व आदिवासी दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले आदिवासी जनजातिको पहिचानलाई थप परिस्कृत बनाउन लागिपरेको समेत बताए । यस अवसरमा स्वदेश तथा विदेशमा रहेका आदिवासी जनजाति समुदायसहित सम्पूर्ण नेप...
आज नागपञ्मी पर्वः घरघरमा नागको तस्बिर टाँसेर पूजा

आज नागपञ्मी पर्वः घरघरमा नागको तस्बिर टाँसेर पूजा

विराटनगर । आज नागपञ्चमी पर्व मनाइँदैछ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यो पर्व परम्पराअनुसार घरको मूलढोकामा नागको तस्बिर टाँसेर पूजार्चना गरी मनाइँदैछ । घरको मूलढोकामा नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ । वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव ...
मनसुन प्रभाव सातै प्रदेशमा, कोशीका केही स्थानमा भारी वर्षाको सम्भावना

मनसुन प्रभाव सातै प्रदेशमा, कोशीका केही स्थानमा भारी वर्षाको सम्भावना

विराटनगर । कोशी प्रदेश सहित आज सातैवटा प्रदेशमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा मुलुकका सबै क्षेत्रमा यसको असर देखिने भएको हो । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका के...
धरानमा एकै उपभोक्ताको खानेपानी महसुल झण्डै ५० लाख !

धरानमा एकै उपभोक्ताको खानेपानी महसुल झण्डै ५० लाख !

सुनसरी । खानेपानी महसुल वृद्धि लगायत विषयमा विवाद चर्किरहेका बेला धरानमा एकजना उपभोक्ताको खानेपानीको बिल करिब ५० लाख रुपैयाँ आएको छ । धरान उपमहानगरपालिका–१६ साँगुरी मार्गकी सीतादेवी डाँगीको निजी धाराको नाममा ४९ लाख ९९ हजार २ सय रुपैयाँको पानीको बिल आएको हो । खानेपानी बोर्डले साउन १२ गते डाँगीको नाममा बिल काटेको हो । बिलमा हालको युनिट ९९ हजार ९ सय ९९ सय उठेको लेखिएको छ । खपत बिल पनि ९९ हजार ९ सय...
विराटनगरको परोपकार घाटमा सन्ध्याकालीन आरती हुने

विराटनगरको परोपकार घाटमा सन्ध्याकालीन आरती हुने

विराटनगर । विराटनगर महानगरपालिका–१ स्थित परोपकारधाम घाटमा साप्ताहिक रूपमा सन्ध्याकालीन आरती शुभारम्भ हुने भएको छ । परमार्थ सिङ्घिया आरती सेवा समितिले भोलिदेखि प्रत्येक शुक्रबार सन्ध्याकालीन आरती गर्न लागेको हो । समितिले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रत्येक शुक्रबार र विशेष पर्वको दिन आरती गरिने जनाएको छ । समितिका संयोजक तथा पूर्वन्यायाधीश भीमेन्द्रबहादुर कार्कीले कोशी प्रदेश सरकारका मुख...
कोशी प्रदेशमा शुक्रबार सार्वजनिक बिदा

कोशी प्रदेशमा शुक्रबार सार्वजनिक बिदा

विराटनगर । कोशी प्रदेश सरकारले भोलि शुक्रबार प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले बिदा दिने निर्णय गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार आदिवासी दिवसको अवसरमा प्रदेशभरि सार्वजनिक बिदा दिइएको हो । अन्तर्राष्ट्रिय आदिवासी दिवसलाई उत्सवका रुपमा मनाउन प्रदेशका सबै सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा ब...
कोशी इँटा उद्योग व्यवसायी संघमा नयाँ नेतृत्व

कोशी इँटा उद्योग व्यवसायी संघमा नयाँ नेतृत्व

विराटनगर । कोशी इँटा उद्योग व्यवसायी संघको अध्यक्षमा खगेन्द्र श्रेष्ठ चयन भएका छन् । सुनसरीको इटहरीमा सम्पन्न संघको १२ औं साधारण सभाले श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ समिति चयन गरेको हो । नव गठित समितिको उपाध्यक्षमा लिलाराज पराजुली, महासचिवमा राजनकुमार तिमल्सिना, सचिवमा रोमन कटेल र कोषाध्यक्षमा सन्तोष भगत चयन भएका छन् । तत्कालीन कोशी अञ्चलका व्यवसायीहरू सङ्गठित भएर स्थापना गरिएको यो संघम...
अस्पतालबाट फरार भएका मोरङ कारागारका कैदी पक्राउ

अस्पतालबाट फरार भएका मोरङ कारागारका कैदी पक्राउ

विराटनगर । उपचारका लागि अस्पताल लगिएका बेला फरार भएका जिल्ला कारागार मोरङका एकजना कैदीलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–८ घर भएका २४ वर्षीय मोहमद अहमदलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो । कोशी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठका अनुसार उनलाई मोरङको जहदा गाउँपालिका–१ तरेगामाबाट पक्राउ गरिएको हो । पेट दुख्ने समस्या भएपछि उनलाई उपचा...
‘मिस्टर नेपाल-२०२४’ मा विराटनगरका ३ सहित पूर्वबाट ८ जना

‘मिस्टर नेपाल-२०२४’ मा विराटनगरका ३ सहित पूर्वबाट ८ जना

विराटनगर । मिस्टर नेपाल–२०२४ प्रतिस्पर्धामा विराटनगरबाट तीनजना युवकले सहभागिता जनाएका छन् । उनीहरू सहित मोरङबाट चार जनाले सहभागिता जनाएको आयोजकले जानकारी दिएको छ । विराटगरका सागर घिमिरे, पिन्टु सान्याल, सोहज खान तथा पथरीका प्रकाश चौहानले प्रतिस्पर्धा गरिरहेका छन् । सुनसरीबाट अग्रज श्रेष्ठ तथा आदेश प्रधान (धरान) ले यो प्रतियोगितामा भाग लिएका छन् । यस्तै, झापाबाट मणि निरौला र सन्तोष लकसमले मिस्टर...
क्यानाडामा रहेका नेपाली मूलका तीनजना खेलाडीलाई बार्सिलोनामा अवसर

क्यानाडामा रहेका नेपाली मूलका तीनजना खेलाडीलाई बार्सिलोनामा अवसर

विराटनगर । क्यानाडामा रहेका नेपाली मूलका चारजना फुटबल खेलाडीले प्रसिद्ध फुटबल क्लब बार्सिलोनाको ला मासिया एकेडेमीमा खेल्ने अवसर पाएका छन् । टोरन्टो नेपाली फुटबल क्लब (टिएनएससी) मा आवद्ध उनीहरू आफ्नो खेल कौशल प्रदर्शनका लागि छनौटमा परेका हुन् । ला मासिया एकेडेमीमा यो अवसर पाउनेमा १६ वर्षीय मिडफिल्डर सागर थापा, १६ वर्षीय फरवार्ड हिमाल थापा, १४ वर्षीय  डिफेन्डर सबी बस्नेत र १७ वर्षीय गोलकिपर सक्षम...
झापाको मेचीनगरमा सर्पले डसेर युवकको मृत्यु

झापाको मेचीनगरमा सर्पले डसेर युवकको मृत्यु

झापा । झापाको मेचीनगरमा सर्पले डस्दा एकजना युवकको मृत्यु भएको छ । मेचीनगर–८ शान्ति टोलका १८ वर्षीय आशिष राजवंशीको गएराति भएको प्रहरीले जनाएको छ । राति घरमा सुतेकै ठाउँमा सर्पले डसेका राजवंशीलाई उपचारका लागि अस्पताल पुर्याउन लैजाने तयारी हुँदाहुँदै मृत्यु भएको थियो ।
भारतले जित्यो महिला भलिबलको उपाधि, नेपाल उपविजेता

भारतले जित्यो महिला भलिबलको उपाधि, नेपाल उपविजेता

काठमाडौँ । नेपाललाई हराउँदै भारतले काभा महिला भलिबल नेशन्स लिगको उपाधि जितेको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको फाइनलमा भारतले नेपाललाई ३–२ को सेटमा हरायो । नेपालले पहिलो सेट २५–२३ ले जितेको थियो । दोस्रो सेट भारतले २५–१४ ले जित्यो । यसैगरी तेस्रो सेट नेपालले २५–२२ ले जित्दा चौथो सेट भारतले २५–२१ ले जित्यो । त्यसपछि अन्तिम सेट १५–५ ले जित्दै भारतले उपा...
भेडेटारमा गाँजा बोकेको मिनी ट्रकसहित एकजना पक्राउ

भेडेटारमा गाँजा बोकेको मिनी ट्रकसहित एकजना पक्राउ

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६, भेडेटारबाट गाँजा बोकेको मिनी ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाडी चालक सहिदभूमि गाउँपालिका–५ का २८ वर्षीय भूमिराज राईलाई नियन्त्रणमा लिइएको हो । प्रहरी नायब निरीक्षक रमेश प्रधान नेतृत्वको टोलीले धनकुटाबाट धरान जाँदै गरेको को १ ख ३८०८ नम्बरको मिनी ट्रकलाई जाँच गर्ने क्रममा गाँजा फेला परेको थियो । चालक बस्ने सिट पछाडि लुकाएर राखेको अवस्थ...
काठमाडौँ उडेको बुद्धको जहाज बीचबाटै विराटनगर फिर्ता, बालकको मृत्यु

काठमाडौँ उडेको बुद्धको जहाज बीचबाटै विराटनगर फिर्ता, बालकको मृत्यु

विराटनगर । विराटनगर विमानस्थलबाट काठमाडौँका लागि उडेको बुद्ध एयरको जहाजमा अभिभावकसँग उपचारका लागि गइरहेका बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार उदयपुरको त्रियुगा नगरपालिका–३ निवासी ताराकिरण राईका पाँच वर्षीय छोरा संयोग हाङको मृत्यु भएको हो । विराटनगरबाट ५७ जना यात्रु लिएर आज दिउँसो करिब साढे १२ बजेतिर काठमाडौंका लागि उडेको जहाजमा केही बेरपछि बालकलाई श्वासप्रश्वासमा समस्या भएको थियो । यसबारे कर...
नुवाकोटमा हेलिकोप्टर दुर्घटनाः पाँच जनाको मृत्यु

नुवाकोटमा हेलिकोप्टर दुर्घटनाः पाँच जनाको मृत्यु

काठमाडौँ । नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर क्षेत्रमा एयर डाइनस्ट्रीको हेलिकोप्टर दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये चारजना चिनियाँ नागरिक रहेको प्रहरीले जनाएको छ । हेलिकोप्टरका पाइलट नेपाली नागरिक रहेको बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी विष्णुकुमार केसीले बताए । उनका अनुसार, ज्यान गुमाउनेमा चिनियाँ नागरिक जुतड ताङ, जेइली, सीयाद वी, जीक्वीङ सी, र क्याप्टेन के मल्...
उत्कृष्ट १० मा तेह्रथुम र सोलुखुम्बु, धनकुटा १३ औं (देशभरको सूचीसहित)

उत्कृष्ट १० मा तेह्रथुम र सोलुखुम्बु, धनकुटा १३ औं (देशभरको सूचीसहित)

विराटनगर । कार्यसम्पादन मूल्याङ्कनमा देशभरका ५७ वटा जिल्ला प्रशासन कार्यालयहरूले ९० भन्दा बढी अङ्क ल्याएका छन् । उत्कृष्ट १० को सूचीमा कोशी प्रदेशका तेह्रथुम र सोलुखुम्बु परेका छन् । धनकुटा १३ औं नम्बरमा परेको छ । ९५.८७ अङ्क ल्याउँदै धनकुटा मूल्याङ्कन सूचीको १३ नम्बरमा परेको हो । यस्तै, ९५.२५ अङ्कका साथ झापा १७ औं नम्बरमा परेको छ भने ९४.३१ अङ्कसाथ सुनसरी २६ औं र ९२.७५ अंक ल्याएर मोरङ ३९ औं नम्ब...
मोरङको धनपालधानमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

मोरङको धनपालधानमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

विराटनगर । मोरङको धनपालथानमा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार धनपालथान–७ का ४० वर्षीय विनोद बहरदारको गएराति मृत्यु भएको हो । विराटनगर–रंगेली सडकखण्ड अन्तर्गत गदिया पुलनजिक सडकमा रोकेर राखिएको प्रदेश १–०२–००३ त १२५५ नम्बरको ट्याक्टरमा बीआर ११ एच ७६६८ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । गम्भीर घाइते भएका बहरदारलाई उपचारका लागि विराटनगरको गोल्डेन अस्पताल ल्याइएको थि...
सबै शारीरिक सम्बन्ध बलात्कार ठहर हुँदैनः सर्वोच्च अदालत

सबै शारीरिक सम्बन्ध बलात्कार ठहर हुँदैनः सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतले सबै शारीरिक सम्बन्ध करणी/बलात्कार ठहर नहुने र दोषी करार गर्न नसकिने फैसला सुनाएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र टेकनारायण ढुङ्गानाको संयुक्त इजलासले यस्तो फैसला सुनाएको हो । सर्वाेच्चले २०८० चैत ७ गते यो विवादमा फैसला सुनाउँदै पीडक भनिएका अभिमन्यु अहिर (यादव) लाई जबरजस्ती करणी मुद्दामा सफाइ दिएको थियो । उक्त मुद्दाको पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्चले जबरजस्ती कर...
मोरङको जहदामा करेन्ट लागेर बालकको मृत्यु

मोरङको जहदामा करेन्ट लागेर बालकको मृत्यु

विराटनगर । मोरङको जहदामा करेन्ट लागेर एकजना बालकको मृत्यु भएको छ । जहदा गाउँपालिका–५ का देवानन्द महतोका १५ वर्षीय छोरा भरत महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा रहेको मल्टिप्लगमा तार जोड्ने क्रममा गएराति करेन्ट लागेर उनी घाइते भएका थिए । उपचारका लागि गोल्डेन अस्पताल विराटनगर ल्याइएका उनको त्यहीँ मृत्यु भएको प्रहरीले जनाएको छ ।  
झापाको कनकाईमा मोटरसाइकलको ठक्करले महिलाको मृत्यु

झापाको कनकाईमा मोटरसाइकलको ठक्करले महिलाको मृत्यु

झापा । झापाको कनकाई नगरपालिकामा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी इलामकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । कनकाई–१ मा बस्दै आएकी इलामकी ४१ वर्षीया उमादेवी चापागाईंको बिर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनलाई साउन १७ गते दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको को ३८ प ५३६८ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । दुर्घटनापछि मोटरसाइकल चालक मोरङ पथरीशनिश्चरे–४ का ४० वर्षीय द...
एसईईको पूरक परीक्षा आजदेखि

एसईईको पूरक परीक्षा आजदेखि

विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा आजदेखि सुरु हुँदै छ । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने छ । सरकारले यो वर्ष २ वा सोभन्दा बढी विषयमा ननग्रेड (एनजी) अर्थात् ११ कक्षा पढ्न असफल भएका विद्यार्थी पूरक परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको छ । परीक्षाफल रद्द भएकाहरूले भने पूरक परीक्षा दिन पाउने छैनन् । यस वर्ष एनजी ल्याएका ५२ हजार विद्यार्थी रहेको रा...
खोलामा डुबेर मोरङ र खोटाङका दुईजना वृद्धाको मृत्यु

खोलामा डुबेर मोरङ र खोटाङका दुईजना वृद्धाको मृत्यु

विराटनगर । मोरङ र खोटाङमा खोलामा डुबेर दुईजना वृद्धाको मृत्यु भएको छ । खोटाङको ऐँसेलुखर्क गाउँपालिका–४ जलेश्वरीकी ७३ वर्षीया पदमकुमारी घिमिरेको स्थानीय मखु खोलामा आएको बाढीले बगाएर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार बजारबाट फर्कने क्रममा मेखु खोलामा आएको भेलले बगाएर उनी बेपत्ता भएकी थिइन् । खोजीका क्रममा उनलाई मृत अवस्थामा फेला पारिएको हो । यसैगरी, विराटनगर महानगरपालिका–१ स...
महिला भलिबलको उपाधिका लागि आज नेपाल र भारत भिड्दै

महिला भलिबलको उपाधिका लागि आज नेपाल र भारत भिड्दै

काठमाडौँ । काभा महिला भलिबल लिगको उपाधिका लागि आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा अपराह्‍न ५ बजे सुरु हुने खेलमा दुवै टिम उपाधि हात पार्ने लक्ष्यसहित सहभागी हुनेछन् । हिजो भएको खेलमा इरानलाई हराउँदै नेपाल फाइनलमा पुगेको हो । नेपालले इरानलाई ३–० को सोझो सेटमा हरायो । योसँगै नेपालले लिग चरणमा इरानसँग बेहोरेको हारको बदला लिएको ...
विराटनगर नाकाबाट नेपाल प्रवेश गर्न खोज्ने बङ्गलादेशी फर्काइए

विराटनगर नाकाबाट नेपाल प्रवेश गर्न खोज्ने बङ्गलादेशी फर्काइए

विराटनगर । विराटनगर नाकाबाट नेपाल प्रवेश गर्न खोज्ने एकजना बङ्गलादेशी नागरिकलाई नेपाल प्रहरीले भारततिरै फिर्ता पठाएको छ । आज अपराह्‍न रानी भन्सारको एक नम्बर ढाटमा अध्यागमन जाँच गरी नेपाल आउन खोजेका बङ्गलादेशी नागरिक ४६ वर्षीय उत्तम सर्कारलाई प्रहरीले फिर्ता पठाएको हो । प्रहरीले बङ्गलादेशी नागरिक पहिचान गरी फिर्ता गर्न आफ्ना सबै निकायलाई निर्देशनसमेत दिएको छ । यसैबीच, झापाको काँकडभिट्टा अध्य...
इरानलाई हराउँदै नेपाल महिला भलिबलको फाइनलमा

इरानलाई हराउँदै नेपाल महिला भलिबलको फाइनलमा

काठमाडौँ । इरानलाई हराउँदै नेपाल काभा महिला भलिबल लिगको फाइनलमा पुगेको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आज भएको दोस्रो सेमिफाइनलमा नेपालले इरानलाई ३–० को सोझो सेटमा हराएको हो । नेपालले पहिलो सेट २५–२१, दोस्रो सेट २८–२६ र तेस्रो सेट २५–२० ले जित्यो । योसँगै नेपालले लिग चरणमा इरानसँगको हारको बदला लिएको छ । लिग चरणमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको थियो । ...
कोशीका चारसहित विभिन्न जिल्लामा भारी वर्षा हुने, रात्रि बस सञ्चालनमा रोक

कोशीका चारसहित विभिन्न जिल्लामा भारी वर्षा हुने, रात्रि बस सञ्चालनमा रोक

विराटनगर । आज राति र भोलि भारी वर्षा र अति भारी वर्षा हुनसक्ने भन्दै सरकारले कोशी प्रदेशका चारसहित विभिन्न जिल्लामा रात्रिकालीन बस सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सूचना जारी गर्दै रात्रिकालीन बस सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको हो । कोशीसहित पाँचवटा प्रदेशका विभिन्न जिल्लामा भारी र अति भारी वर्षा हुने जनाइएको छ । जल तथ...
कराते च्याम्पियनसिपमा भाग लिन नेपाली टोली मलेसियातर्फ

कराते च्याम्पियनसिपमा भाग लिन नेपाली टोली मलेसियातर्फ

विराटनगर । मलेसियामा आयोजना हुने दोस्रो ओपन कराते च्याम्पियनसिप–२०२४ मा सहभागी हुने नेपाली खेलाडी आज त्यसतर्फ प्रस्थान गर्दै छन् । तौलसमूह ६० केजी पुरुषतर्फ विज्ञान पुन र विशाल बिसी, ६७ केजी तौलमा आशिष चौधरी, ७५ केजी तौलमा सचिन थापा तथा ८४ केजी तौलमा निरज बाबु थापाले नेपालको तर्फबाट प्रतिस्पर्धा गर्ने छन् । नेपालको टिम कोचमा हरिबहादुर घर्ती र टिम व्यवस्थापकतर्फ खगेन्द्र बुद्ध पनि मलेसिया जाँदै ...
error: Content is protected !!