संगालोखबर

विराटनगर । कोशी प्रदेश पर्यटन वर्ष २०८२ को शुभारम्भ गरिएको छ । नेपाल सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमा सिंहले आज तेह्रथुमको लालिगुराँस नगरपालिका स्थित आरआर गार्डेनबाट पर्यटन वर्षको शुभारम्भ गरेका हुन् ।

Advertisement

कोशी प्रदेशको विकास, समृद्धि र पर्यटन प्रवर्द्धनका लागि आधारशिला खडा गर्ने मुख्य उद्देश्यसहित पर्यटन वर्षको शुभारम्भ गरिएको हो ।

मूल आयोजक समितिका अध्यक्ष एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने र पर्यटनबाट नै राष्ट्रिय पुँजी विकास गरेर समृद्धि हासिल गर्न सकिने महत्त्वपूर्ण लक्ष्यसहित पर्यटन वर्षको शुभारम्भ गरिएको उल्लेख गरे ।

स्थानीय तहको सहकार्यमा पर्यटनको विकास गर्दै यो प्रदेशलाई नमुना प्रदेशको रूपमा लैजाने मुख्यमन्त्री कार्कीले बताए । 

सुरक्षा निकाय, जनप्रतिनिधि र सरकारी क्षेत्रको व्यवहार सुधार गरेर अघि बढ्दै पर्यटनलाई प्रवर्द्धन गर्ने चाहना रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले सबै जातजाति, धर्म संस्कृतिको जगेर्ना र त्यसको संरक्षणमा अघि बढ्ने उल्लेख गरे । पर्यटनको माध्यमबाट नेपालको वैदेशिक ऋण र व्यापार घाटा कम गर्न सकिने उल्लेख गर्दै उनले ऊर्जा, जलविद्युत र जडिबुटीका क्षेत्रमा काम गर्ने बताए ।

कोशी  प्रदेशलाई बन्द हडतालबाट मुक्त गर्दै यहाँ भएको समस्या वार्ताको माध्यमबाट समाधान गर्न पनि मुख्यमन्त्री कार्कीले आग्रह गरे । यी समस्याहरू समाधान गरेमा पर्यटन प्रवर्द्धन हुने उनको विश्वास छ । प्रदेश सरकारले पर्यटन वर्षको अवधिमा १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!