संगालोखबर

धनकुटा । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री राजेन्द्र राईले अहिले अफवाह फैलाएर जनतामा निराशा पैदा गर्ने काम भइरहेको बताएका छन् ।

Advertisement

नेकपा एमाले महालक्ष्मी नगरपालिका धनकुटाकाे दाेस्राे नगर अधिवेशनलाई संवाेधन गर्दै पूर्वमन्त्री राईले वास्तविकता लुकाएर गलत अफवाह फैलाउने कामले समस्या सृजना गरिरहेकाे बताएका हुन् ।

देशमा विकासले गति लिँदै गइरहेको उदाहरण दिदैँ नेता राईले भ्रम फैलाउनेहरुसँग सचेत हुनुपर्ने आवश्यकता औँल्याए । शिक्षा, स्वास्थ्य, यातायात लगायत क्षेत्रमा व्यापक सुधार भईरहेको भन्दै उनले यस्ता गलत भ्रमहरू बिस्तारै हट्ने विश्वास व्यक्त गरे ।

फरक प्रसङ्गमा उनले देशमा राजा फर्काउने दिवा सपना नदेख्न राजावादीहरूलाई चेतावनी पनि दिए ।कार्यक्रममा एमाले केन्द्रीय सदस्य सकुन्तला वस्नेत, कोशी प्रदेश उपाध्यक्ष टिकाराम चेम्जोङ, जिल्ला अध्यक्ष शिव आङ्ला लगायतले संवाेधन गर्दै देश विकासको अगुवाई एमालेले मात्रै गर्नसक्ने दावी गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!