विराटनगर । आज सुनको मूल्य बढेको छ । मङ्गलबार प्रतितोला चार सय रुपैयाँले घटेको सुनको मूल्य आज दुई हजार रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ७५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलबार सुन प्रतितोला एक लाख ७३ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । मङ्गलबार स्थिर रहेको चाँदीको मूल्य आज प्रतितोला पाँच रुपैयाँले बढेको हो । आज चाँदी प्रतितोला एक हजार आठ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।